बेलौरी – बेलडाडीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन ।

आइतबार साझ बेलडाँडी गाउँपालिका ५ झिलमिला बस्ने ४५ वर्षीया धाना देवी उपाध्याय बाघको आक्रमणबाट घाइते भएकी हुन ।

घाइते उपाध्यायको कान ,ढाढ र कुममा चोट लागेको छ । उनको धनगढीको माया मेट्रो हस्पिटलमा भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उपाध्यायले आफ्नै घरभन्दा २० मिटर टढा घास काटिरहेको अवस्थामा बाघले आक्रमण गरेको थियो ।














