बेलौरी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलौरी नगर समितिले बेलौरी नगरपालिकालाई १२ बुँदे मागपत्र बुझाएको छ। शुक्रवार रास्वपा नगर समितिले नगर प्रमुख पोतिलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीलाई १२ बुँदे मागपत्र बुझाएको हो ।
रास्वपाका बेलौरी नगर सभापति विष्णु शर्मा न्यौपाने लगायतका नेता कार्यकर्ताहरुले माग तथा आम नागरिकका गुनासाहरू राखेको थियो । नगर समितीले पालिका भित्रका शिक्षा ,स्वास्थ्य तथा विभिन्न विषयका समस्या बारे नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

स्थानीय नागरिकले पटक-पटक उठाएका गुनासा, जनप्रतिनिधिप्रतिको बढ्दो निराशा र स्थानीय सरकारको कमजोर नियमन एवं अनुगमनका कारण आधारभूत सेवासमेत प्रभावकारी हुन नसकेको रास्वपा बेलौरी नगर समितिको भनाइ छ ।

आर्थिक वर्ष २०८२/०८३ अन्तिम साता तिर रास्वपाले पालिकाको ध्यानाकर्षण गराएको भन्दै अहिले संजाल विभिन्न टिकाटिप्पणीहरु भइरहेको छ ।
यस्ता छन माग















