खाेज्नुहाेस

कञ्चनपुरमा चोरी मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

Image

कञ्चनपुर – चोरी मुद्दामा अदालतबाट कैद सजाय र जरिवाना ठहर भई फरार रहेका दुई प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

navjiwan hospital

जिल्ला अदालत कञ्चनपुरको २०८२ पुस ३ गतेको फैसलाअनुसार चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका लालझाडी गाउँपालिका–३ बल्मी निवासी २१ वर्षीय रोशन राना र लालझाडी गाउँपालिका–५ देखतभुली निवासी २१ वर्षीय सोलेमान रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो।

attariya hospital

प्रहरीका अनुसार दुवै जनालाई चोरी मुद्दामा २ वर्ष कैद सजाय र २/२ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ परेका दुवै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।