खाेज्नुहाेस

कञ्चनपुरमा वन पैदावार ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

कञ्चनपुर – वन पैदावार अवैध रूपमा हटाउने तथा ओसारपसार गर्ने मुद्दामा अदालतबाट कैद सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

navjiwan hospital

जिल्ला अदालत कञ्चनपुरको २०७४ भदौ २० गतेको फैसलाले बिना इजाजत वन पैदावार हटाएको तथा ओसारपसार गरेको मुद्दामा १० महिना कैद सजाय तोकिएका पुनर्वास नगरपालिका–२ निवासी ४२ वर्षीय जयराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

attariya hospital

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।