खाेज्नुहाेस

बेलौरीमा स्कुल बसको ठक्करबाट एक जना गम्भीर घाइते

Image

बेलौरी – कञ्चनपुरको बेलौरीमा स्कुल बसको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक बेलौरी नगरपालिका–३ पडाउ बस्ने २९ वर्षीय महेश राना रहेका छन् ।

navjiwan hospital

मंगलबार दिउँसो बेलौरी –३ मा खिरियाबाट फटैयातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ क २६२७ नम्बरको विज्डम एकेडेमी विद्यालयको बसले विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र.०१–०११ प ७०७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

attariya hospital

घाइते रानाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनापछी बस र बस चालक बेलौरी– ४ निवासी ४६ वर्षीय विज्ञान महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।