महेन्द्रनगर — कञ्चनपुरको नजिक मोटरसाइकल दुर्घटनामा एक पुरुष घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज साँझ करिब ८ः३० बजे UK06AH4472 नम्बरको मोटरसाइकल कुकुरसँग ठोक्किँदा चालक घाइते भएका हुन्।


घाइतेको नाम, थर र ठेगाना खुल्न सकेको छैन। उनी गहुँगोरो वर्णका, करिब ५.५ फिट अग्ला र अन्दाजी ५०–५५ वर्ष उमेरका पुरुष रहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई घाइतेलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएको छ। हाल उनको उपचार भइरहेको छ।
घाइते व्यक्तिलाई चिन्ने जो–कोहीले निजको परिवार वा आफन्तलाई जानकारी गराइदिन तथा आवश्यक जानकारीका लागि नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रहरीले अनुरोध गरेको छ।


















