खाेज्नुहाेस

कञ्चनपुरमा १ लाख ३२ हजार बढीका भन्सार छलीका सामान बरामद

Image

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरेको छ।

navjiwan hospital

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बुधबार भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी १ लाख ३२ हजार ४४२ रुपैयाँ बराबरका हार्डवेयर सामग्री, कपडा, चप्पल, तरकारी तथा किराना सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

godawari nagarpalika dadhelo
attariya hospital

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामान थप कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी पठाएको जनाएको छ।