खाेज्नुहाेस

गोदावरीकी बिन्दु सहित ४ जना युवा वैज्ञानिक सम्मानित

Image

धनगढी– विज्ञान, प्रविधि तथा अनुसन्धान क्षेत्रमा योगदान पु-याएका चार जना युवा वैज्ञानिक सम्मानित भएका छन् । आईतबार धनगढीमा प्रदेश युवा परिषद्ले आयोजना गरेको ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम–२०८३’ मा ४ जनालाई सम्मानित गरिएको हो ।

navjiwan hospital

सम्मानित हुने युवा वैज्ञानिकहरूमा कैलालीको टिकापुरका अरुण लुहार, बाजुराको त्रिवेणीका प्रकाशबहादुर साउँद, धनगढीका इन्द्र ओझा र कैलालीको गोदावरीकी बिन्दु पन्त रहेका छन् । उनिहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले उनीहरुलाई नगद पुरस्कार र कदरपत्र सहित सम्मानीत गरेका हुन ।

attariya hospital

यसअघि साउन २७ गते अन्तर्राष्ट्रिय युवा परिषद् २०२५ को अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले नवप्रवर्तन क्षेत्रमा क्रियाशील युवाहरूलाई सम्मान गर्ने घोषणा गरेका थिए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सूचना तथा प्रविधि क्षेत्रलाई युवासँग जोड्नुपर्नेमा जोड दिँदै सरकारले त्यसका लागि आवश्यक सहयोग गर्ने बताए । उनले समाज रूपान्तरण, समाजको सकारात्मक परिवर्तन र समाजलाइ सही दिशातर्फ अघि बढ्न युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र बहादुर सावदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री मधु भारती लगायतका वक्ताहरूले पनि युवाहरूको क्षमता अभिवृद्धि र नवप्रवर्तन प्रवद्र्धनका लागि राज्यले अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका थिए ।