खाेज्नुहाेस

मेलौलीकी कान्छी प्रधानाध्यापक बनिन् हरु ओड

Image

बैतडी – बैतडीको मेलौली नगरपालिका–२ कपर्तमा रहेको कोटेश्वर आधारभूत विद्यालयको निमित्त प्रधानाध्यापकमा हरु ओड नियुक्त भएकी छन् । विद्यालयका प्रधानाध्यापक धनीराम विक अनिवार्य अवकाशमा गएपछि मेलौली नगरपालिकाले असार ११ गतेदेखि लागू हुने गरी ओडलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको हो । विद्यालय व्यवस्थापन समितिको सिफारिसमा मेलौली नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले निर्णय गरेर उनलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको थियो ।

३३ वर्षीया ओड मेलौली नगरपालिकाभित्रकै सबैभन्दा कम उमेरमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्ने व्यक्ति बनेको बताइएको छ । स्नातक तह अध्ययन गरेकी उनी यसअघि सोही विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिइन् ।

attariya hospital
navjiwan hospital
कोटेश्वर आधारभूत विद्यालय

आफ्नै गाउँको विद्यालयको नेतृत्व गर्ने अवसर पाएकी ओडले विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, नियमित पठनपाठन तथा अभिभावकसँगको समन्वयलाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छिन ।

स्थानीयवासीले पनि युवा नेतृत्वले विद्यालयमा नयाँ ऊर्जा र सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरेका छन् ।