खाेज्नुहाेस

गोदावरीमा एकल महिलाहरुका लागि व्यावसायिक बेसार खेती तालिम सुरु

Image

धनगढी – गोदावरी नगरपालिकाका एकल महिलाहरुका लागि तीन दिने बेसार खेती तालिम शनिबारदेखि सुरु भएको छ । शैलेश्वरी रिसर्च एण्ड कन्सल्टिङ प्रालिको आयोजना तथा गोदावरी नगरपालिकाको सहयोगमा गोदावरीका एकल महिलाहरुलाई उद्यमी बनाई आर्थिक रुपमा शसक्त बनाउन बेसार खेती सम्बन्धी तालिमको आयोजना गरेको मानव अधिकारका लागि महिला एकल महिला समुहका प्रदेश कार्यक्रम अधिकृत वेद अवस्थीले बताए ।

navjiwan hospital

अत्तरियामा भैरहको तालिममा गोदावरी नगपालिकाका वडा नम्बर २, ३, ५, १०, ११ का एकल महिलाहरुको सहभागिता रहेको छ ।

attariya hospital

त्यसैगरी शनिबार नै गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित जमुना नगरमा पनि एकल महिलाहरुको लागि व्यावायिक तीन दिने बेसार खेती तालिम सुरु छ । उक्त तालिममा गोदावरी नगपालिकाका वडा नम्बर वडा नम्बर ४, ६, ७, ८, ९ एकल महिलाकाहरु सहभागी रहेका छन । दुवै तालिमको गोदावरी नगरपालिकाकी उपमेयर शारदा रोकायाले उद्घाटन गरेकी थिइन ।