खाेज्नुहाेस

धनगढी र टीकापुरबाट लागूऔषधसहित पाँच जना पक्राउ

Image

कैलाली – कैलालीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।

navjiwan hospital

धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट शुक्रबार बिहान १ ग्राम ६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–७ निवासी १९ वर्षीय भोजराज ओझा, १९ वर्षीय अर्जुन नेपाली र १९ वर्षीय विष्णु खत्री रहेका छन्। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

attariya hospital

त्यसैगरी, टीकापुर नगरपालिका–९ खक्रौलाबाट शुक्रबार साँझ ४०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–८ निवासी २७ वर्षीय अरुण चौधरी र २७ वर्षीय धनप्रसाद अधिकारी रहेका छन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ बरामद गरेको हो।

पक्राउ परेका पाँचै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।