खाेज्नुहाेस

कञ्चनपुरमा अपहरण र लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका दुई प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको छ।

navjiwan hospital

जिल्ला अदालत कञ्चनपुरको २०८२ जेठ ३० गतेको फैसलाले अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी कसुर मुद्दामा १० वर्ष कैद सजाय र ३ लाख रुपैयाँ जरिवाना तोकिएका भीमदत्त नगरपालिका–१६ निवासी ३५ वर्षीय बिरेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले भारततर्फ जाँदै गरेको अवस्थामा भीमदत्त नगरपालिका–११ स्थित सीमा क्षेत्रको ७ नम्बर पिल्लर नजिकबाट उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

attariya hospital

त्यसैगरी, जिल्ला अदालत कञ्चनपुरको २०८२ चैत २३ गतेको फैसलाले लागूऔषध (खैरो हेरोइन) मुद्दामा १ वर्ष कैद सजाय तोकेका दोधारा चाँदनी नगरपालिका–१० प्रधानटोल निवासी ३१ वर्षीय गणेश सुनारलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको टोलीले शुक्रबार बिहान कालिका हाट बजारबाट पक्राउ गरेको छ।

पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।