खाेज्नुहाेस

शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारको सर्ट लिस्ट सार्वजनिक

Image

धनगढी– शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारको सर्ट लिस्ट सार्वजनिक गरिएको छ । विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तीका लागि शुक्रबार १० जना उम्मेदवारको सर्ट लिस्टमा नाम सार्वजनिक भएको हो । 

विश्वविद्यालय सभाले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि प्राध्यापक डाक्टर जयराज अवस्थीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत गठित सो समितिले उपकुलपति पदका लागि आवेदन दिएका ३ जना र रजिस्ट्रार पदका लागि आवेदन दिएका ७ जनालाई सर्टलिस्टमा समावेश गरेको छ ।

attariya hospital
navjiwan hospital

समितिको सूचनाअनुसार उपकुलपति पदका लागि तनहुँका प्राध्यापक डाक्टर काजिराम अधिकारी, काठमाडौंका प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रुपन्देहीका प्राध्यापक डाक्टर माधव लम्साल सर्टलिस्टमा परेका छन् । जोशी यसअघि विश्वविद्यालयका उपकुलपति रहिसकेका व्यक्ति हुन् । सरकारद्वारा अध्यादेशमार्फत नयाँ व्यवस्था लागू भएपछि उनी पदमुक्त भएका थिए ।

त्यसैगरी रजिस्ट्रार पदका लागि कैलालीका प्राध्यापक डाक्टर पदमराज जोशी, तनहुँका प्राध्यापक डाक्टर काजिराम अधिकारी, बैतडीका भीमबहादुर चन्द, महोत्तरीका डाक्टर कादिर आलम, बर्दियाका प्राध्यापक डाक्टर दयाराम पोखरेल, बैतडीका राजेशकुमार ठकुराठी र कञ्चनपुरका डाक्टर डमरुप्रसाद पनेरु सर्टलिस्टमा परेका छन् ।

सिफारिस समितिका अनुसार सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्तापछि उपकुलपति तथा रजिस्ट्रारको अन्तिम सिफारिस गरिनेछ । यसका लागि असार १५ गतेको मिति तोकिएको छ ।