खाेज्नुहाेस

धनगढीमा ३ दिनदेखि बेपत्ता बालकको शव जंगलमा भेटियो

Image
navjiwan hospital

धनगढी– धनगढीमा तीन दिनदेखि बेपत्ता बालकको जंगलमा शव भेटिएको छ । बुधबार साँझदेखि बेपत्ता धनगढी उपमहानगरपालिका–१७ को उत्तरखैरेनी मुक्त कमैया शिविरका निमेश चौधरी र राधा चौधरीका १० वर्षीय बालक तनुज चौधरीको शव हत्या गरेको अवस्थामा शुक्रबार स्थानीय जंगलमा फेला परेको हो ।

प्रहरी र स्थानीयले खोज्ने क्रममा तनुजको शव आधा सडेको अवस्थामा जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनले चढ्दै आएको साइकल समेत शव नजिकै फेला परेको छ । उनको शव भेटिएको स्थानमा रगत लत्तपतिएका ढुंगा पनि भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले बालक मृत भेटिएको घटनाको अनुुसन्धान गरिरहेको छ ।

attariya hospital