खाेज्नुहाेस

गोदावरीमा लागूऔषधसहित युवक पक्राउ

Image

अत्तरिया  – कैलालीको गोदावरी नगरपालिका–५ बेलाजाने सडकखण्डबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

navjiwan hospital

प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले बिहीबार राति शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा धनगढी उपमहानगरपालिका–११ निवासी १९ वर्षीय प्रेम योगीलाई पक्राउ गरेको हो।

attariya hospital

प्रहरीका अनुसार उनको साथबाट १४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ।

पक्राउ परेका योगीमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।