
अत्तरिया – कैलालीको अत्तरियाबाट ७ हजार लिटर अवैध मदिरा बरामद गरिएको छ । गोदावरी नगरपालिका –१ अत्तरियाको बाँसबारी टोलबाट ७ हजार लिटर अवैध मदिरा बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरा सिंह महराको कमान्डमा बिहिबार दिउँसो खटिएको टोलीले तीनवटा घरबाट ७ हजार लिटर अवैध मदिरा बरामद गरेको थियो । बरामद मदिरा प्रहरीले नष्ट गरेको जनाएको छ ।

















