धनगढी – कैलालीको भजनी नगरपालिका–३ जवलपुर क्षेत्रबाट प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न इलेक्ट्रोनिक तथा अन्य सामान बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी २ लाख ३५ हजार ४० रुपैयाँ बराबरका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामानमा डाटा केबल, चार्जर, एयरपोड, स्मार्ट वाच, मेगाफोन, गेमिङ चेयर, हेडफोनलगायतका सामग्री रहेका छन्।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिएको जनाएको छ। बरामद सामग्री सम्बन्धित निकायमा बुझाइने तथा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।


















