खाेज्नुहाेस

अत्तरियाका हेमराजले धनगढीमा सञ्चालनमा ल्याए ‘रोयल वेयर्स’

Image

अत्तरिया– अत्तरियाका व्यवसायी तथा अत्तरिया उद्योग वाणिज्य संघका निर्वतमान कोषाध्यक्ष हेमराज भण्डारीले धनगढीमा रोयल वेयर्स सञ्चालनमा ल्याएका छन् । विगत लामो समय देखी अत्तरियामा फेन्सी व्यवसाय सञ्चालन गर्दै आएका भण्डारीले धनगढीको मुख्य राजमार्ग मै करिब २० लाखको लगानीमा फेन्सी आइटमकै रोयल वेयर्स पसल सञ्चालनमा ल्याएका हुन् ।

navjiwan hospital

बुधबार सो पसलको नेपाल उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गरे । अत्तरिया क्षेत्रमा व्यवसायको सुरुवात गरेका भण्डारीले पुरुषहरुका नयाँ फेसनहरुलाई आत्मसाथ गर्दै नयाँ व्यवस्थापनका पसल सञ्चालनमा ल्याएको बताए ।

attariya hospital

उनले आफूले १५ वर्षदेखी अत्तरियामा व्यवसाय सञ्चालन गर्दै आएकोमा धनगढीमा पनि नयाँ तरिकाले व्यवसाय सञ्चालन गर्ने योजना अनुसार पसल सुरु गरेको बताए । पुरुषहरुलाई नयाँ नयाँ फेसनका ड्रेसहरु सुलभ एवम् सहुलियत मुल्यमा उपलब्ध गराउने सोच आफूले राखेको उनले बताए ।

पसलको उद्घाटन पश्चात बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष कुँवरले युवाहरु विदेश पलायन हुने अवस्थाका बिच भण्डारीले धनगढीमै फेन्सी पसल सञ्चालन गरेको भन्दै खुसी व्यक्त गरे । उनले स्वदेशमै लगानी लगाएर काम गर्न चाहने भण्डारी जस्ता युवाहरुलाई निजि क्षेत्रका तर्फबाट महासंघले सक्दो सहयोग गर्ने बताए ।