खाेज्नुहाेस

अछाममा जुवातास खेल्दै गरेकाे अवस्थामा पाँच जना पक्राउ

Image

अछाम – अछामको साँफेबगर नगरपालिका–४ छिपेखोलास्थित एक होटलबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

navjiwan hospital

सोमबार साँझ जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले साँफेबगर नगरपालिका–५ घर भई छिपेखोलामा अस्मिता होटल सञ्चालन गर्दै आएका ४८ वर्षीय चक्र चाडसहित पाँच जनालाई पक्राउ गरेको हो।

attariya hospital

प्रहरीले घटनास्थलबाट २९ हजार ६७० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरेको जनाएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।