
अत्तरिया– कञ्चनपुरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–१८मदन चोक स्थित सोही ठाउँ बस्ने ४२ वर्षिय देव बहादुर चन्दले सञ्चालन गरेको देबु होटलबाट प्रहरीले जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको हो ।
बिहिबार साँझा गोप्य सूचनाको आधारमा होटल सञ्चालक चन्द सहित ८ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ८ जनालाई ५५ हजार ८० रुपैया र २ गड्डी तास सहित पक्राउ गरेको हो । सो विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



















