कैलाली – कैलालीमा प्रहरीले नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता कानपुरका ३५ वर्षीय हरिश चन्द्रलाई पक्राउ गरिएको हो। उनले नेपाली सेनामा भर्ती गराइदिने भन्दै एक व्यक्तिबाट २ लाख ४० हजार ठगी गरेको आरोप लागेको छ।

उनलाई इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिएका छन ।


















