खाेज्नुहाेस

कैलालीमा मोटरसाइकलसहित बगेका व्यक्तिको सकुशल उद्धार

Image

धनगढी– कैलालीमा खोलामा मोटरसाईकल सहित बगेका व्यक्तिको सकुशल उद्धार गरिएको छ । बिहिबार राती जिल्लाको मोहन्याल गाउँपालिका– ७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका ३९ वर्षिय लौटन थारुको सकुशल उद्धार गरिएको हो ।

navjiwan hospital

अविरल वर्षापछि खोलामा आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका जिल्लाको बर्दगोरिया गाउँपालिका–२ निवासी थारुले चलाएको से ४ प ८६७९ नम्बरको मोटरसाइकल बगाएको थियो ।

attariya hospital

बिहीबार राति करिब ८ः३० बजे इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक मीरा खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलबाट करिब १५० मिटर तल खोलाको भिरालो भागमा बगिरहेको अवस्थामा थारुलाई तत्काल उद्धार गरेको हो । उद्धारका क्रममा थारुको ढाड र दाहिने कुहिनामा सामान्य चोट लागेपनि स्वास्थ्य उपचारपछि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।