कैलाली – कैलालीको कैलारी गाउँपालिका–५ गोबरैला घाट क्षेत्रबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।

शनिबार इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ४३ हजार ६ सय रुपैयाँ बराबरका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामानमा बोइलर कुखुरा, सिद्रा माछालगायतका सामग्री रहेका छन्। आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद सामान सम्बन्धित निकायमा बुझाइने तथा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
















