काठमाडौँ – आवश्यक मात्रामा पानी पाउँदा मात्रै शरीरले राम्रोसँग काम गर्छ । पानीको अभावले विभिन्न समस्याहरू निम्त्याउन सक्छ । त्यसकारण, केही मानिसहरू तिर्खा नलागे पनि पानी पिउँछन् र दिनभरि कयौँ लिटर पानी पिउँछन् ।
यदि तपाईँ पनि यस सूचीमा समावेश हुनुहुन्छ भने, यो लेख तपाईंको लागि उपयोगी साबित हुन सक्छ । आजको यस लेखमा हामी शरीरमा पानीको कमी छ कि छैन अनि आवश्यकता अनुसार पानी कसरी पिउने भनेर सिकाउनेछौँ ।

पिसाबको रङ्ग
पिसाबको रङले शरीरलाई कति पानी चाहिन्छ भनेर संकेत गर्न मद्दत गर्दछ । कहिलेकाहीँ पिसाब हल्का पहेँलो देखेर नै मानिसहरू डराउन सक्छन् । तर पिसाब हल्का पहेँलो हुनु सामान्य हो । पिसाब गाढा पहेँलो छ भने चाहिँ यो निर्जलीकरणको संकेत हो ।
छालाबाट पत्ता लगाउने

छालाले पनि डिहाइड्रेसन सजिलै पत्ता लगाउन सक्छ । तपाईँ यसलाई पत्ता लगाउन आफ्नो पेट प्रयोग गर्न सक्नुहुन्छ । केवल दुई औँलाहरूले आफ्नो पेटमा छाला समात्नुहोस् र यसलाई छोड्नुहोस् । छाला तुरुन्तै सामान्य अवस्थामा फर्कियो भने शरीरलाई पानीको आवश्यकता पर्दैन ।
सुख्खा ओठ
ओठ सुख्खा हुनुको मुख्य कारण डिहाइड्रेसन हुन सक्छ । मुख सुख्खा हुनु भनेको डिहाइड्रेसनको संकेत हो । यस्तोमा तपाईंले पानीको सेवन बढाउनु जरुरी हुन्छ ।
पसिना नआउनु
अत्यधिक गर्मीमा पसिना आउनु सामान्य घटना हो । तर यस्तो अवस्थामा पनि तपाईँलाई पसिना आइरहेको छैन भने यसको अर्थ तपाईँ डिहाइड्रेटेड हुनुहुन्छ । कम पानी खाँदा शरीरले पसिना निकाल्न सक्दैन ।
परीक्षण गराउनुस्
परीक्षण गराउनु राम्रो विकल्प हुन सक्छ । कहिलेकाहीँ, शरीरमा देखिने संकेतहरूले सही जानकारी दिँदैनन् । यसले समस्याहरू निम्त्याउन सक्छन् । त्यसैले, डाक्टरसँगको परामर्शमा परीक्षण गराउनु राम्रो हुन्छ ।


















