खाेज्नुहाेस

कृष्णपुरमा महिनावारी स्वच्छताका लागि सन्देशमूलक कार्यक्रम आयोजना

Image

अत्तरिया– कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ मा रहेको समैजी माध्यमिक विद्यालयमा बालबालिकाहरुको सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कञ्चनपुरले बिहीबार विद्यालयमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको हो ।

attariya hospital

एनएनएसडब्ल्यूए र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित किशोरी समृद्धि सम्बन्धी बिफोरजी (बेसिक फर गर्ल) परियोजना अन्तर्गत महिनावारी स्वच्छता व्यवस्थापन, विद्यालय करेसावारी तथा दिवा खाजा प्रर्वद्धन कार्यक्रम आयोजना गरिएको परियोजना संयोजक रामेश्वर जैरुले जानकारी दिए । उनले महिनावारी स्वच्छता, वातावरण स्वच्छताका लागि करेसाबारी र बालबालिकाको पोषणको प्रर्वद्धनका लागि सशक्तिकरण गर्न कार्यक्रम गरिएको बताए ।

उनले किशोरीहरूको सुरक्षा, सम्मान र स्वास्थ्य प्रवर्धनका लागि महिनावारी स्वच्छता र महिनावारीलाई मर्यादित बनाउने तथा विशेष गरी बालबालिकाहरुलाई सशक्तिकरण गराउनु कार्यक्रमको उद्देश्य रहेको समेत बताए । उनका अनुसार विद्यालयका बाल क्लबका सदस्यहरूलाई सहभागी गराएर सांस्कृतिक कार्यक्रम र वृक्षारोपणका साथै चित्रकला, हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । उक्त कार्यक्रम मार्फत छाउपडी प्रथाको अन्त्य, बालबालिकाहरुलाई पोषणका कुराहरु र स्वास्थ्य तथा वातावरणीय सुरक्षाका विषयहरुमा सन्देश दिन खोजिएको जैरुले बताए ।

navjiwan hospital

कार्यक्रममा बोल्दै वडा नं. ४ का वडाध्यक्ष धर्म बहादुर सिँह ले समाजमा स्वास्थ्य, पोषणयुक्त खानेकुरा र वातावरणलाई सफा र स्वच्छ राख्न सिकाउनका लागि संस्थाले गरेको कार्यक्रम एकदमै उपयुक्त भएको बताए । उनले विद्यालयस्तरबाट नै समाजमा अति आवश्यक पर्ने त्यस्ता विषयवस्तुहरुका बारेमा बालबालिकाहरुलाई सिकाउन जरुरी रहेको बताए । उनले एनएनएसडब्ल्युए ले विभिन्न क्षेत्रबाट विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्दै आईरहेको भन्दै धन्यवाद ज्ञापन गरे ।

विद्यालयमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगिता र वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा ५ वटा सदनहरू प्रतिस्पर्धी थिए । उनीहरूमध्ये सदन बि प्रथम भएको छ । जसमा लक्ष्मण जोशी, प्रिज्मा ओझा, अनुषा चौधरी र शिशिर चौधरी रहेका थिए । त्यसैगरी सदन ए द्धितिय हुँदा सदन सि तृतिय र सदन डि र ई सान्त्वना भए ।

यसै गरी विद्यालयमा आयोजना भएको वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई पनि पुरस्कार दिइएको थियो । महिनावारी स्वच्छता ः हाम्रो प्रतिबद्धता शीर्षकमा आयोजना गरिएको प्रतियोगितामा ४ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । जसमा छात्रा निरा महरा प्रथम भइन भने प्रल्हाद राजी द्धितिय भए । त्यस्तै रम्भा साउँदले तृतिय स्थान हासिल गर्दा समरुप न्यौपानेले सान्त्वना स्थान प्राप्त गरे । कार्यक्रममै आयोजना गरिएको चित्रकला प्रतियोगितामा यशोदा रावत प्रथम भईन । कुल ११ जना विद्यार्थी सहभागि सो प्रतियोगितामा रक्षीका जोशी द्धितिय, प्रवेश थापा तृतिय र आशिका साउँद सान्त्वना भईन । पुरस्कृत विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामग्रीहरुले पुरस्कृत गरिएको थियो ।