खाेज्नुहाेस

रास्वपा डडेल्धुराको सभापतिमा अवस्थी र बझाङमा उपाध्याय

Image

डडेल्धुरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डडेल्धुरा जिल्लाको प्रथम जिल्ला अधिवेशनबाट इन्जिनियर सुरेन्द्र अवस्थी सभापतिमा चयन भएका छन् । जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत सभापतिमा चयन भएका हुन । सहमती नभएका उपसभापति र सचिव पदका लागि भने आइतबार मतदान भएको थियो ।

जसमा उपसभापतिमा मदन धामी कुशलले ९९ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी चन्द्रबहादुर खड्काले २७ मत प्राप्त गरेका थिए । यस्तै, सचिव पदमा टंक अवस्थी ६८ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी अमरगढी नगरपालिकाकी पूर्व उपप्रमुख संगिता भण्डारीले ६० मत प्राप्त गरिन् ।

attariya hospital

अधिवेशनबाट उपसचिवमा बासु पाण्डेय चयन भएका छन् भने सदस्यहरूमा मिना फुलारा, देवसिंह भाट, चन्द्रदेव कुँवर, सन्तोष ऐर र जितेन्द्र जैरु निर्वाचित भएका छन् । कोषाध्यक्ष पद भने पछि मनोनयन गरिने जनाइएको छ ।

navjiwan hospital

बझाङमा उपाध्याय

यस्तै रास्वपा बझाङको प्रथम अधिवेशनले सत्यराज उपाध्यायको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार सम्पन्न अधिवेशनले उपाध्यायको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपसभापति र सचिवबाहेक अन्य पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । समितिको उपसभापतिमा अरूण कुमार रोकाया र राम बहादुर देवारबीच प्रतिष्पर्धा भएको थियो । रोकायाले ८४ र देवारले ९९ मत प्राप्त गरे ।

यस्तै, सचिवमा अशोक मल्ल एक सय १६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी रामचन्द्र जोशीले ६६ मत प्राप्त गरे ।

सहसचिवमा मुकेशकुमार ऐडी र कोषाध्यक्षमा अनिता भाट जप्रेल चयन भएका छन् । सदस्यमा पुष्पराज रोकाया (अक्षर खेती), गङ्गादत्त जोशी, रूद्रासिंह मल्ल, ज्ञानबहादुर सिंह, कमल साउद, मनिराम उपाध्याय र रामबहादुर थापा चयन भएका छन् ।