खाेज्नुहाेस

अछाममा माटोको ढिस्को खस्दा जेसीबी पुरियो

Image
सांकेतिक फोटो

अछाम – अछामको ठकारी गाउँपालिका–८ गल्वालस्थित बसाली खोलामा निर्माणाधीन पुलको फाउन्डेसन खन्ने क्रममा माटोको ढिस्को खस्दा एउटा जेसीबी पुरिएको छ ।

navjiwan hospital

प्रहरीका अनुसार पुल निर्माणका लागि फाउन्डेसन खन्ने काम भइरहेका बेला एक्कासी माटोको ढिस्को खसेर जेसीबी पुरिएको हो । चालक अर्जुन बहादुर शाहीले चलाइरहेको जेसीबीमाथि माटोको ढिस्को खसेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । घटनाबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

attariya hospital

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र, पुरिएको जेसीबी निकाल्ने कार्य जारी रहेको बताइएको छ ।