खाेज्नुहाेस

बुढीगंगा नगरपालिका भवन प्रकरण : भ्रष्टाचार मुद्दामा पाँच जनालाई तीन महिना कैद, १० हजार जरिवाना

Image

धनगढी– बाजुराको बुढीगंगा नगरपालिकाले प्रशासनिक भवन निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा काठमाडौंस्थित विशेष अदालतले पाँच जनालाई तीन महिना कैद र जनही १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

navjiwan hospital

फैसलाअनुसार सजाय पाउनेमा बुढीगंगाका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, तत्कालीन इन्जिनियर पारस खाती, जागृति निर्माण सेवाका प्रबन्ध सञ्चालक पुष्कर रोकाया र तत्कालीन सब–इन्जिनियर गणेश राज रेग्मी छन् ।

attariya hospital

यसै मुद्दामा अन्य नौ जना प्रतिवादीले भने सफाइ पाएका छन् । सफाइ पाउनेमा तत्कालीन अधिकृत छैटौँ प्रशासन नरेन्द्र नाथ, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, तत्कालीन लेखापाल नवराज जोशी, तत्कालीन खरिदार श्यामबहादुर खत्री र तत्कालीन शिक्षा अधिकृत जयराज न्यौपाने छन् ।

त्यस्तै, असिस्टेन्ट सब–इन्जिनियर भिमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी, तत्कालीन प्रशासन सहायक बसन्तबहादुर थापा र जागृति र एम.के.÷नेपाल जेभीका काठमाडौंस्थित आधिकारिक प्रतिनिधि सुरतबहादुर शाहले पनि सफाइ पाएका छन् ।