खाेज्नुहाेस

चौकीडाँडामा भारतबाट फर्किरहेका मजदुर लुटिए, तीन जना पक्राउ

Image

अत्तरिया – भारतबाट घर फर्किरहेका एक मजदुर कैलालीको गोदावरी नगरपालिका – ३ चौकिडाँडामा लुटिएका छन् । स्थानीय ४० वर्षीय चेतन बोहरा भारतबाट फर्किने क्रममा चौकीडाँडामा लुटिएका हुन ।

navjiwan hospital

उनको साथबाट तीन जना स्थानीयले ५५ हजार भारतीय रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्नलाई इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको जनाएको छ ।

attariya hospital

पक्राउ पर्नेमा गोदावरी–३ का २१ वर्षीय भक्त बोहरा, २४ वर्षीय केशव खड्का र २० वर्षीय लव ताम्राकार रहेको इलाका प्रहरी मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराले बताए । उनले घटना ४/५ दिन अघिकाे भएकाे र पक्राउ परेकामाथि अनुसन्धान भइरहेको बताए ।

पक्राउ परेका खड्काको साथबाट ७ हजार चार सय भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएकाे छ ।