बझाङ – कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई बझाङ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बझाङको २०७० माघ २ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १ वर्ष ११ महिना १२ दिन कैद सजाय तोकिएका केदारस्युँ गाउँपालिका–३ बस्ने ५५ वर्षीय बिर्ख खातीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले शुक्रबार उनलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका खातीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


















