खाेज्नुहाेस

डडेल्धुरामा रुखबाट लडेर शिक्षकको मृत्यु

Image
सांकेतिक फोटो

डडेल्धुरा – डडेल्धुरामा रुखबाट खसेर एक शिक्षकको मृत्यु भएको छ । अजयमेरु गाउँपालिका – १ खतेडाका ३७ वर्षीय शिक्षक लक्ष्मी भण्डारीको मृत्यु भएको हो ।

navjiwan hospital

आफ्नै घर नजिक डालेघाँसको रुखमा स्याउला काट्ने क्रममा रुखबाट खसेर घाइते भएकी उनलाई डडेल्धुरा अस्पतालामा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।

attariya hospital

उनी घनघस्या माध्यमिक विद्यालयमा कार्यरत बालविकास शिक्षिका हुन ।