खाेज्नुहाेस

दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

Image

वीरगन्ज –  वीरगन्जबाट सोमबार बेलुकी पक्राउ गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ । मंगलबार वीरगन्जमा कार्यक्रममा सहभागी हुनका लागि आएका बेला प्रसाईं सोमबार बेलुकी सिद्धार्थ दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो ।

navjiwan hospital

सोमबार बेलुकी प्रसाईंलाई पक्राउ गर्दै गर्दा सञ्चारकर्मीले पक्राउ गर्नुको कारण वा कसुरबारे प्रश्न गर्दा प्रहरीले केहि पनि बताएको थिएन ।

attariya hospital

तर मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी हिरासतमा रहेका प्रसाईंविरुद्ध मंगलबार विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जानकारी गराएको छ ।