काठमाडौँ – नेकपा एमालेले पूर्वराष्ट्रपति आफ्नी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई सदस्यता दिएको छ ।
सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले २०८२ साउन ६ गतेको केन्द्रीय समितिको निर्णय उल्ट्याउँदै भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो। सोमबाारको बैठकले भण्डारीलाई सदस्यता दिने एक मात्र निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।


२०७२ कात्तिक ११ मा राष्ट्रपति बनेकी उनले २०७९ फागुन २८ गते कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। त्यतिवेला उनले एमालेको सदस्यता नवीकरण गराएकी थिइन्।
तर अध्यक्ष ओलीले २०८२ साउन ६ गते भण्डारीको पार्टी सदस्यता रोक्ने निर्णय गरेका थिए। यसका कारण भण्डारीले २०८२ मंसिर २७ देखि पुस ३ सम्म भएको ११औँ महाधिवेशनमा भाग लिन पाइनन्।
३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा एमालेले आइतबार मदननगर बल्खुमा आयोजना गरेको सभामा प्रमुख अतिथि बनाएलगत्तै सोमबार उनलाई पार्टीको सदस्य बनाउने निर्णय गरिएको हो।



















