अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन सम्पन्न भएको छ ।
५ हजार ७४२ उपभोक्ता रहेको खानेपानीको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा २ हजार ७७५ जनाले मतदान गरेका छन । जुन करिब ४८ प्रतिशत हुन आउन्छ ।


खानेपानीको अध्यक्षमा हर्क बहादुर शाह, राजेन्द्र खड्का, गणेश शाह प्यानल सहित चुनावी मैदानमा होमिएका छन् । ११ जनाको कार्यसमिति चयनका लागि हुने निर्वाचनमा तीन प्यानल, उपाध्यक्ष, महासचिव, कोषाध्यक्षमा १/१ जना र सदस्यामा २ जनाले गरेर ३८ जना चुनावी मैदानमा होमिएका छन ।
जसअनुसार अध्यक्षमा ३ उम्मेदवार हुँदा उपाध्यक्ष, महासचिव, कोषाध्यक्षमा ४/४ जनाको उम्मेदवारी परेको छ भने सचिवमा ३ जनाले उम्मेदवारी दिएका छन् । २ पुरुष सदस्यका लागि ७ र ४ महिला सदस्यका लागि १३ जना उम्मेदवार बनेका छन् ।
मतगणना गर्ने विषयमा अहिले छ्लफल जारी रहेको छ ।



















