खाेज्नुहाेस

अत्तरियामा बजारमा रहेका मासु पसलमा अनुगमन

Image

अत्तरिया– कैलालीको अत्तरिया बजारमा रहेका मासु पसलहरुको अनुगमन गरिएको छ । शुक्रबार गोदावरी नगरपालिका पशु सेवा शाखाले बजारमा रहेका मासु पसलहरुको अनुगमन गरेको हो ।

navjiwan hospital

मासुजन्य वस्तुहरुबाट नै मानिसमा बढी रोगहरु सर्ने भएकाले मासु पसलहरुको सरसफाई र अवस्था चेकजाँच गर्नका लागि अनुगमन गरिएको पशु सेवा शाखा प्रमुख राम सार्कीले बताए । उनका अनुसार शुक्रबार करिब १२ वटा पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनमा मासु पसलहरुको सरसफाई, मासु काट्ने सामग्री र स्थानको अवस्था, मासु राख्ने तरिका तथा पसल दर्ता र नविकरण लगायतका विषयवस्तुहरु हेरिएको थियो । जुन आधारमा मासु पसलहरुमा प्रायजसो सरसफाई देखिएपनि मासु राख्ने अवस्था भने गुणस्तरिय नभएको पाईएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

पशु सेवा शाखा प्रमुख सार्कीले मासुलाई फ्रिज भित्र कसरी राख्ने, मासु काट्दा के गर्ने, मासु सँग केही अन्य सामान राख्ने कि नराख्ने भन्ने विषयमा व्यवसायीहरुलाई जानकारी दिईएको बताए । उनले पहिलो पटक भएकाले सबै मासु पसलेहरुलाई नगरपालिकाले भने बमोजिम गर्न निर्देशन दिईएको तर अर्काे पटक पनि सोही अवस्था देखिए कारबाही गरिने बताए । नगरउपप्रमुख शारदा देवी रोकायाको संयोजकत्वमा भएको अनुगमनमा वडा नं. १ का वडाध्यक्ष एवम् नगरप्रवत्ता गोपाल दत्त भट्ट, पशु सेवा शाखा प्रमुख राम सार्की लगायतको सहभागिता रहेको थियो । अनुगमनका क्रममा कतिपय पसलहरुले वडा कार्यालयमा व्यवसाय दर्ता नै नगरेको तथा कतिले एक वडामा दर्ता गरेर अर्काे वडामा व्यवसाय सञ्चालन गरेको पाईएको थियो ।

नगरपालिकाले थालेको मासु पसलको अनुगमनलाई व्यवसायीहरुले सकारात्मक रुपमा लिएको बताएका छन । धनगढीरोडस्थित थापा मासु पसलका सञ्चालन दिलिप थापाले अनुगमन हुनु आफूहरुका लागि राम्रो भएको बताए । उनले आफूहरुका कमी कमजोरीहरु सुधार्ने अवसरका रुपमा आफूले अनुगमनलाई लिएको बताए । तर उनले मासु व्यवसायहरुलाई व्यवस्थीत गर्न आवश्यक रहेको कुरा औल्याएका थिए । नगरपालिकाले शनिबार पनि बजारका अन्य स्थानमा अनुगमन गर्ने जनाएको छ ।