अत्तरिया– कैलालीको अत्तरिया बजारमा लगाईएका ट्रि गार्डहरुमा तरकारी फलाएको पाईएको छ । बजारको धनगढी रोडमा राखिएका ट्रि गार्डहरुमा केही होटल व्यवसायीहरुले तरकारी फलाएको पाईएको हो ।

शुक्रबार नगरपालिकाले गरेको अनुगमनका क्रममा ट्रि गार्डहरुमा टमाटर, खुर्सानी र करेलाका विरुवाहरु लगाईएको भेटिएका थिए । ति मध्ये केही ट्रि गार्डहरुमा टमाटर र करेलाका विरुवाहरु हुर्काएर फलाएको समेत भेटिएका थिए भने केही भरखर उर्मिरहेको अवस्थामा रहेका थिए ।


ट्रि गार्डमा तरकारी उमारेको अवस्थामा भेटिएपछि नगरपालिकाको टोलीले व्यवसायीहरुलाई ट्रि गार्डहरु सफा गर्न लगाएको थियो । व्यवसायीहरुले भने आफूहरुले लगाएको नभई ति बोटविरुवाहरु आफै उम्रिएको बताएका छन । उम्रिएका विरुवाहरुलाई केही स्याहार सुसार भने आफूहरुले गरेको उनिहरुले बताए।


















