खाेज्नुहाेस

कञ्चनपुरमा राहदानी घरमै पुर्‍याइने

Image

कञ्चनपुर, – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारी सेवा सहज बनाउने उद्देश्यले “Government Courier Service” सञ्चालनमा ल्याएको छ। अब सेवाग्राहीले माग अनुसार राहदानी (पासपोर्ट) घरमै प्राप्त गर्न सक्ने भएका छन्।

कार्यालयद्वारा जारी सूचनाअनुसार नेपाल सरकारबाट स्वीकृत एकल कार्यसूचीको बुँदा नं. २७ बमोजिम हुलाक सेवाको आधुनिकीकरण गर्दै उक्त सेवा सुरु गरिएको हो। यसअन्तर्गत सरकारी कागजात तथा सामग्री घरमै पुर्‍याउने व्यवस्था मिलाइएको छ।

attariya hospital
navjiwan hospital

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला हुलाक कार्यालयसँग सहकार्य गरी राहदानी वितरणका लागि सेवा विस्तार गरेको जनाएको छ। अब सेवाग्राहीले हुलाक कार्यालयमार्फत आफ्नो मागअनुसार राहदानी घरमै प्राप्त गर्न सक्नेछन्।

कार्यालयका अनुसार यो सेवा सञ्चालनमा आएसँगै सेवाग्राहीलाई प्रशासन कार्यालय धाउनुपर्ने झन्झट कम हुने र सेवा वितरण थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।