खाेज्नुहाेस

पदमुक्त शीर्षकको समाचार शेयर गर्दै उपकुलपति जोशीले भने ‘भगवान्ले रक्षा गरून्’

Image

धनगढी – कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा मेडिकल)का उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीले विश्वविद्यालयको भगवान्ले रक्षा गरून् भन्दै कामना गरेका छन् ।

‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी भएपछि स्वतः पदमुक्तमा परेका जोशीले यस्तो कामना गरेका हुन् ।

attariya hospital
navjiwan hospital

‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई भगवान्ले रक्षा गरून्,’ स्वास्थ्य विज्ञान विश्वविद्यालयले बल्लतल्ल पाएको थियो उपकुलपति, अध्यादेशले ग¥यो पदमुक्त शीर्षक समाचार शेयर गर्दै उपकुलपति जोशीले फेसबुकमा लेखेका छन् ।

विश्वविद्यालयको उपकुलपति पदका लागि दुईपटक विज्ञापन गर्दा पनि कसैको निवेदन नपरेपछि सिफारिस समितिले तेस्रोपटक विज्ञापन खोलेको थियो । तेस्रोपटक आवेदन माग्दा उपकुलपतिमा प्रा.डा. जोशीको आवेदन परेपछि २२ पुसमा उनी उपकुलपतिमा नियुक्त भएका थिए । तर, ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी भएसँगै उपकुलपति जोशी पनि पदमुक्त भएका छन् ।

अध्यादेशले उपकुलपति जोशीसँगै रजिस्ट्रार डा. खेमराज जोशी र सिनेट सदस्य पनि पदमुक्त भएका छन् ।