अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा नन्दराज भट्टले उम्मेदवारी फिर्ता लिएका छन । निर्वाचन कार्यतालिका बमोजिम शनिबार दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएकोमा अध्यक्ष पदबाट भट्टले उम्मेदवारी फिर्ता लिएका हुन ।

यस्तै सो समयमा सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी सकुन्तला सोब, सिता सोबले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।

अब अध्यक्ष पदमा राजेन्द्र बहादुर खड्का, गणेश शाह र हर्क बहादुर शाह कायम रहेका छन । यसअघि अध्यक्षमै उम्मेदवारी दर्ता गरेका राज बहादुर खड्काको उम्मेदवारी रद्द भएको थियो । अत्तरिया खानेपानीको बैशाख २६ गते निर्वाचन हुँदैछ ।



















