खाेज्नुहाेस

कैलालीमा साइबर सुरक्षाबारे सचेतना कार्यक्रम आयोजना

Image

धनगढी – राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा कैलालीमा सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कैलाली शाखाको आयोजना तथा कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम क्यान कैलालीका अध्यक्ष नरेन्द्रराज अवस्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । त्यस्तै, क्यान महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष धनबहादुर बोगटी लगायत विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा स्रोत व्यक्तिका रूपमा इन्जिनियर रोशन श्रेष्ठ तथा नेपाल प्रहरी प्रदेश अनुसन्धान ब्यूरोका सब–इन्स्पेक्टर जीवन चौधरीले सहजीकरण गरेका थिए । उनीहरूले साइबर अपराधका वर्तमान प्रवृत्ति, अनलाइन ठगीबाट बच्ने उपाय, डाटा सुरक्षाको महत्व तथा डिजिटल प्लेटफर्मको सुरक्षित प्रयोगबारे जानकारी दिएका थिए ।

वक्ताहरूले सूचना प्रविधिको तीव्र विकाससँगै साइबर सुरक्षाका चुनौतीहरू पनि बढ्दै गएको उल्लेख गर्दै सचेतना अभिवृद्धि आवश्यक रहेको बताए । कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमबाट प्राप्त ज्ञानले व्यक्तिगत तथा व्यवसायिक सुरक्षामा सहयोग पुग्ने बताएका छन् ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, आईटी विज्ञ, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजकले यस्ता कार्यक्रमहरूले डिजिटल साक्षरता बढाउनुका साथै सुरक्षित डिजिटल वातावरण निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।