खाेज्नुहाेस

कंचनपुरमा टिप्परको ठक्करबाट एक जनाकाे मृत्यु

Image

कञ्चनपुर- कञ्चनपुरमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ मा टिप्परले ठक्कर दिदा एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका हुन ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सुपप्र०२–००१ख ०५९८ नम्बरको टिपरले भारतीय युके०६एएस ७९३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय १४ वर्षीय दिवस चुनराको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि बसेका चुनाराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

attariya hospital

दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय नरेश लुहार घाइते भएका छन् । उनलाई उपचारका लागि भारतको खटिमातर्फ लगिएको प्रहरीले जनाएको छ । घाइते चुनाराको बायाँ खुट्टामा चोट लागेको छ । अवस्था मध्यम रहेको छ । टिपर चालक भने फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।