खाेज्नुहाेस

कञ्चनपुरमा हातखुट्टा बाँधेर बालक कुट्ने व्यक्ति पक्राउ

Image

कञ्चनपुर– कञ्चनपुरमा हातखुट्टा बाधेँर बालकलाई कुट्ने व्यक्ति पक्राउ परेका छन । जिल्लाको बेदकोट नगरपालिका–५ पोल्खरीमा ९ वर्षिय बालकलाई हातखुट्टा बाँधेर निर्धात कुटपिट गरेको भन्दै स्थानिय ३६ वर्षीय भोज नाथलाई प्रहरीले पक्राउ गरेको हो ।

navjiwan hospital

बिहीबार दिउँसो सामाजिक सञ्जालमा बालकलाई हातखुट्टा बाँधेर कुटपिट गरिरहेको भिडियो भाइरल भएपछि प्रहरीले संलग्नलाई पक्राउ गरेको बताएको छ । ३६ वर्षीय नाथले काक्रा चोरेको आरोपमा बालकलाई हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेका हुन् । घटना बुधबार दिउँसोको हो । पोल्खरीस्थित चौधर नदीको बगरमा गाईबस्तु चराउन र क्रिकेट खेल्नका लागि ती बालक साथीहरुसँगै गएका थिए ।

attariya hospital

क्रिकेट खेल्ने क्रममा बल चौधर नदीमा गयो । उक्त बल लिन आफ्नो काक्राको बारी हुँदै गइरहेको देखेपछि नाथले बालकलाई नियन्त्रणमा लिएर घर लगे । घरमा हात र खुट्टा बाँधेर कुटपिट गरेका हुन् । ‘नाबालकको दुवै हात पछाडितिर र दुवै खुट्टा डोरीले बाँधेर भुइमा लडाएर ढुंगा, लठ्ठी र लातमुक्काले रगक्ताम्य हुने गरी बेहोस बनाइ यसलाई मार्नुपर्छ भनि घरमा बाँधेको कुकुर फुकालेर टोकाएको छ,’ घाइते बालककी हजुर आमा नन्दा मेहताले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिएको जाहेरीमा उल्लेख छ, ‘त्यसपछि बालकलाई घाइते अवस्थामा स्थानीयले उद्धार गरेका हुन् ।’

पीडित परिवारले नाथबिरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । बेदकोट–३ दैजी घरभएका बालकका आमाबुवा रोजगारीका लागि भारतमा छन् । ती बालक पोल्खरीस्थित मामा घरमा बस्दै आएका छन् । मामा घरकी हजुरआमाले नै उनको रेखदेख गर्दै आएकी छिन् ।
घाइते बालकलाई महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले बताए । एसपी खत्रीका अनु्सार बालकमाथि अमानवीय व्यवहार गर्ने नाथलाई नियन्त्रण लिएर अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।