खाेज्नुहाेस

जुवातास खेलिरहेको अवस्थामा धनगढीको एक होटलबाट १० जुवाडे पक्राउ

Image

धनगढी– होटलमा जुवातास खेलिरहेको अवस्थामा धनगढीबाट १० जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका– ५ हसनपुरमा रहेको रोहित होटलमा जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

navjiwan hospital

गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले छापा हानेर १० जनालाई नगदसहित पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक ४२ वर्षीय कालुराम चौधरी, ३८ वर्षीय बिरेन्द्र थापा, २४ वर्षीय रोहित खड्का, २० वर्षीय क्रिस बम, ३३ वर्षीय पदम ठकुल्ला, २९ वर्षीय अनिल चौधरी, ५१ वर्षीय बिरु साउद, ४१ वर्षीय टिकाराम खनाल, ४३ वर्षीय रामकृष्ण चौधरी र १८ वर्षीय बिबेक साउद रहेका छन् ।

attariya hospital

उनीहरूलाई वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डेयको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो । बिहिबार राति साढे ८ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । उनीहरूको साथबाट नगद ५९ हजार २९० रुपैयाँ र एक गड्डी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए । उनीहरूलाई नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको तिमिल्सिनाले बताए ।