खाेज्नुहाेस

आजबाट बुढितोला पर्यटन महोत्सव सुरु

Image
navjiwan hospital

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका- ४ बुढितोलामा आज बाट बुढितोला पर्यटन महोत्सव सुरु भएको छ । बुढीतोला क्षेत्र पर्यटन प्रर्वद्धन तथा बजार व्यवस्थापन समितिले आजदेखी बुढीतोलामा महोत्सव सुरु गरेको हो ।

महोत्सवको एक औपचारिक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरे । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । महोत्सवको समुद्घाटन अघि बुढितोला बजारमा प्रभात फेरि निकालिएको थियो । उक्त प्रभातफेरिमा हुड्केली, सहनाइ लगायतका मौलिक बाजाहरु बजाइनुका साथै गौरा पनि निकालिएको थियो ।

attariya hospital