धनगढी – कैलालीको टीकापुरबाट ११ जना जुवाडे पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–२ बिजयनगरका ४५ वर्षीय आशाराम चौधरीको घरगोठमा जुवातास खेलिरहेको अवस्थामा उनी सहित ११ जना जुवाडे पक्राउ परेका हुन ।

मंगलबार राति जुवातास खेलिरहेका भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ९०५ र ४ गड्डी ताससहित पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


















