खाेज्नुहाेस

अत्तरियामा खुला मैदानको बेजोग : ढलको नाला, छाडा चौपाया र मगन्तेको अड्डा

Image

अत्तरिया – कैलालीको अत्तरियामा सृजनशील गोदावरी महोत्सव आयोजना गर्दा निर्माण गरिएको खुला मैदान लथालिङ्ग अवस्थामा पुगेको छ । न्यु सृजनशील युवा क्लबले गत वर्ष पुस ९ देखि पुस २१ गतेसम्म आयोजना गरेको महोत्सवका लागि तयार पारेको मैदान संरक्षण नहुँदा लथालिङ्ग अवस्थामा पुगेको हो । अत्तरियाको खुला मञ्चका रूपमा लिइएको उक्त मैदानमा हाल बजारको ढल निकासको नाला निर्माण गरिनुका साथै मगन्तेहरूको अड्डा पनि बनेको छ । चारैतिर खुला रहेको उक्त मैदानमा छाडा चौपायाले पनि आफ्नो वासस्थान बनाएका छन् ।

हाल अत्तरिया चोकको पानी निकासका लागि निर्माणाधीन नाला पनि मैदानको छेउ सम्म मात्रै निर्माण गरिँदै छ । बाँकी मैदानमा अस्थायी कच्ची नाला खनिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्माण गरिरहेको उक्त नाला सडकको क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचना बचाएर वन मैदान क्षेत्रमा निर्माण गरिएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

नाला हेर्ने साइड इन्जिनियर प्रकाश खड्काले भने तत्काल अतिक्रमण हटाएर पानी निकास गर्न सक्ने अवस्था नभएकाले वनको क्षेत्रमा पर्ने मैदानमा नाला निर्माण गरिएको बताए । उनले अतिक्रमण गरिएको क्षेत्र पक्की नाला निर्माण गर्ने क्रममा हटाइने बताए । मैदानलाई हाल भारतबाट आएका मगन्तेहरूले पनि आफ्नो वासस्थान बनाएका छन् । उनीहरूले आफ्ना टेन्ट राखेर उक्त मैदानमा बस्दै आएका छन् । सडक किनाराको जङ्गल छेउमा बस्दै आएका उनीहरूको खुला मैदानमा बस्दै आएका छन् । केही भने मैदानको बिचमा अतिक्रमण गरेर अलपत्र अवस्थामा छोडिएको भवनमा समेत बस्दै आएका छन् ।

खुला मैदानमा छाडा चौपायाले पनि आफ्नो अड्डा जमाएका छन् । छाडा चौपायाले मैदानमा उम्रिएको घाँस खाने गरेका छन् । जसले गर्दा मैदानमा झन् कुरूप बनेको छ । अत्तरियामा खुला स्थान नहुँदा सृजनशील युवा क्लबले सुरक्षा सामुदायिक वन क्षेत्रमा पर्ने खाली क्षेत्रलाई सम्याएर मैदान निर्माण गरेको थियो । निकै आकर्षक मैदान निर्माण भए पनि यसलाई भविष्यको अत्तरियाको खुला मञ्चका रूपमा लिइएको थियो । तर, महोत्सव सकिएपछि सम्बन्धित पक्षले मैदानको संरक्षणमा चासो नदिँदा अहिले मैदानको बेजोग भएको छ ।

न्यु सृजनशील युवा क्लबका सदस्य विक्रम विष्टले खुला मैदानलाई थप व्यवस्थित बनाउने प्रयास प्रयास गरे पनि डिभिजन वन कार्यालयले अवरोध गरेको बताए । उनले महोत्सव लगतै खुला मैदानमा खेलकुदका कार्यक्रम गर्ने योजना बनाएको बताउँदै त्यसका लागि थप मैदान सम्याउन खोज्दा वनले रोकेको बताए । उनले वनले रोकेपछि हाल खुला मैदान अलपत्र अवस्थामा रहेको बताए ।

खुला मैदान निमार्ण भएपछि महोत्सव अवधिमै पनि यसलाई नगरपालिकाले संरक्षण गरेर अत्तरियाको खुला मञ्चको रूपमा विकास गर्नुपर्ने आवाज उठेको थियो । अत्तरिया सामान्य कार्यक्रम गर्ने स्थानको पनि अभाव हुँदा सडकमै कार्यक्रम गर्नुपर्ने बाध्यता रहेकाले उक्त मैदानलाई प्रयोग गर्न सकिने परिकल्पना गरिए पनि हाल संरक्षण गरिनुको सट्टा झन् कुरूप बनाउने काम भइरहेको छ । जसले गर्दा अघिल्लो महोत्सव सम्म पनि खुला मैदान संरक्षित रहने हो वा होइन भन्ने प्रश्न उठेको छ ।