खाेज्नुहाेस

कैलालीबाट २ मोटरसाइकल सहित २ भारतीय नागरिक पक्राउ

Image

अत्तरिया – कैलालीको कैलारी गाउँपालिका – १ बिसनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको छ ।

navjiwan hospital

डोरीले बुनेको फलामको खाटिया, भारतीय नम्वर पिलेटको मोटरसाइकल २ थान सहित भारतको पिलिभित गिराम उदयपुर फुल्ड पञ्चालयका २८ वर्षीय शाहदिन शाह र पिलिभित मधु टाढा बस्ने ३२ वर्षीय राशिद शाह पक्राउ परेका छन ।
उनीहरुको साथबाट २ लाख ८० हजार बराबरको डोरीले बुनेको फलामको खाटिया, भारतीय नम्वर पिलेटको २ मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

attariya hospital

उनीहरुलाई इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रण लिएको थियो ।