खाेज्नुहाेस

जनतालाई सेवा प्रवाह गर्नका निम्ति प्रदेश सरकार कतिबद्ध छ : मुख्यमन्त्री शाह

Image

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनतालाई सेवा प्रवाह गर्नका निम्ति प्रदेश सरकार कतिबद्ध रहेको बताएका छन । शुक्रबार कैलालीको लम्कीचुहा–४ बलियामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन ।

navjiwan hospital

उनले यातायात व्यवस्था सेवा कार्यालयको स्थापना सँगै यस क्षेत्रका जनताले राहतको अनुभूति गर्नेमा विश्वास ब्यक्त गरे । ‘जनप्रतिनिधिहरुले जनताले दिएको जनमतको सम्मान गर्दै जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्छ’ उनले भने ‘मुलुकको विकासका लागि तिनै तहका सरकारबीच समन्वय, सहकार्य र सह–अस्तित्व हुनुपर्छ ।’ यस क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले १ अर्ब बराबरको बहुवर्षीय ठेक्का स्रोत सुनिश्चित गरेको मुख्यमन्त्री शाहले बताए ।

attariya hospital

लम्कीचुहा प्रादेशिक अस्पतालका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले साढे ४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै उनले यस वर्ष सञ्चालनमा आउन नसके रकम फ्रिज भएर जाने समेत बताए । लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनका लागि आवश्यक परे कानुनसम्मत रूपमा लचकता अपनाउन प्रदेश सरकार तयार रहेको उनले बताए । उनले सो क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आफू निरन्तर प्रयासरत रहेको र सोही अनुरूप कानुनी दायराभित्र रही आवश्यक लचकता अपनाउन पनि तयार रहेको बताएका थिए ।

टिकापुरमा प्रस्तावित टीकापुर विज्ञान तथा प्राविधिक विश्वविद्यालय निर्माणका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै उनले आधुनिक प्रविधिको युगमा विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन आवश्यक रहेको बताए । उक्त विश्वविद्यालयले क्षेत्रीय पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि उनले व्यक्त गरे ।
कैलालीको पूर्ववर्ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनका निमित्त बलियामा सेवा कार्यालय स्थापना गरिएको हो । कार्यालय व्यवस्थापनका लागि स्थानीय झुप्रे रावतले ५ बर्षका लागि आफ्नो घर निःशुल्क उपलब्ध गराएका छन ।