खाेज्नुहाेस

लालपुरको कल्प पाठशालाले नेपाल सरकारले तोके अनुसार विद्यार्थीलाई छात्रवृत्ति दिने, निवेदन माग

Image
navjiwan hospital
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका ६ लालपुरमा रहेको कल्प पाठशालाले नेपाल सरकारले तोके अनुसारको छात्रवृत्ति दिने घोषणा गरेको छ ।
पाठशालाले अपाङ्गता भएका, असहाय, आर्थिक स्थिति कमजोर भएकाहरूलाई विगत देखि छात्रवृत्ति दिँदै आएको जनाउँदै चालु शैक्षिक सत्रका लागि पनि निवेदन माग गरेको जनाएको छ ।
जसका लागि पाठशालाले वैशाख ८ देखि २० गते सम्म लक्षित वर्गलाई निवेदन दिन आग्रह गरेको छ ।
आवश्यक कागजात सहित दिएका निवेदकलाई प्रवेश परीक्षामा सहभागी गराएर छात्रवृत्ति उपलब्ध गराइने विद्यालयले जनाएको छ । उक्त विद्यालयमा हाल कक्षा ८ सम्म अध्यापन गराइँदै आएको छ ।
attariya hospital