खाेज्नुहाेस

वडा कार्यालय आफ्नै भवनमा

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ को वडा कार्यालय आफ्नै भवनमा सञ्चालनमा आएको छ । विगत ८ वर्षदेखि भाडाको घरमा सञ्चालनमा रहेको वडा कार्यालयले सोमबार देखि आफ्नै भवन पाएको हो । भवन निर्माणका लागि विगत लामो समय देखि प्रयास गरिए पनि सफल हुन सकेको थिएन ।

वडाध्यक्ष भीम बहादुर खड्काले आफ्नै भवन निर्माणका लागि धेरै प्रयास गरे पनि सफल हुन नसकेको हाल आफ्नै भवन पाउँदा खुसी लागेको बताए । दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका खड्काले पहिलो कार्यकालमा पनि भवन निर्माण गर्नका लागि थुप्रै सङ्घर्ष गरेको सुनाए ।

attariya hospital

‘त्यति बेला हामीले दिगो विकासको भवनलाई प्रयोग गर्नको लागि २१ लाख विनियोजन गरेर काम अगाडि बढाए पनि त्यहाँ अख्तियारमा मुद्दा हालेर भवन बनाउन नदिने चलखेल भएपछि रोकियो’ उनले भने ‘त्यसपछि पनि नगरपालिकाबाट बजेट आए पनि हामीले निःशुल्क जग्गा उपलब्ध गराउन सकेनौ ।’ उनले दोस्रो कार्यकालमा २०७९ मा जग्गा खरिदका लागि नगरपालिकाबाट ४० लाख विनियोजन गरिए पनि गौडी वरिपरि जग्गा उपलब्ध गराउन नसकेको बताए । उनले हाल निःशुल्क जग्गा उपलब्ध भए पनि भवन बनाउन सहज भएको बताए ।

navjiwan hospital

उनले जग्गा दान गरेर सहयोग गर्ने शेर बहादुर लुहार विक र प्रेम बहादुर बडैलालाई धन्यावाद ज्ञापन गर्दै भवन निर्माण अवधि अघि निर्माण सम्पन्न गर्ने उप्रेती बिल्डर्सलाई पनि धन्यावाद ज्ञापन गरे । उनले भवन निर्माण भए पनि वडाका दैनिक कामकाज गर्न निकै सहज भएको बताए । ‘प्रशासनिक भवन निर्माण भए पनि अब यहाँबाट जनतालाई सेवा दिन सहज हुनेछ’ उनले भने ‘आगामी दिनमा यसलाई जनताको पहुँच सेवा सँग जोडिने छ ।’ उनले भवन सँग अब भवनको घरे बार आवश्यक रहेको बताए ।

भवनको सोमबार गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले वडा कार्यालय भवनको उद्घाटन गरेका थिए ।

भवन उद्घाटन कार्यक्रममा निःशुल्क जग्गा दान गर्ने शेर बहादुर लुहार विक र प्रेम बहादुर बडैलालाई दोसल्ला उडाएर सम्मानित गरिएको थियो । भवन निर्माणका लागि जग्गा दान गर्ने दाताहरूको नाम भवन अघिको निर्माण गरिएको शिलालेखमा समेत उल्लेख गरिएको छ ।

यो सँगै १२ वडा रहेको गोदावरीमा अझै ४ वडा कार्यालय अझै भाडाको घरमा सञ्चालनमा रहेका छन ।

सम्बन्धित सामाचार : गोदावरी नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवन उद्घाटन